कञ्चनपुरबाट साढे सात लाखको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ७ लाख ५६ हजारको अवैध सामान बरामद गरिएको छ। जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ७ लाख ५६ हजार ८५० बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीको विभिन्न किसिमका कपडा, बिडी, सुर्ति, पटका, मिठाई, मोबाईल डिस्प्ले, मोबाईल चार्जर, मोबाईल ग्लास, एयर फोन, स्मार्ट वाच (घडी), मोबाईल ब्याट्री, मोबाईल स्पिकर, माछा, बोइलर कुखुरा लगायतका सामान बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।