कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९० मिलिग्रामसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र नेपालीसहित २ जना पक्राउ परेका हुन्। दुबै जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।