सभापति थापालाई पक्राउ गरे चुप बस्दैनौँ : कांग्रेस महामन्त्री राणा
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन्। ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै सभापतिविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरे प्रतिवाद गर्ने बताए।
बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको उनको भनाइ छ। सरकारले प्रतिशोधपूर्ण कदम चाले सशक्त प्रतिरोध उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरे।