कञ्चनपुरबाट २ लाख ४३ हजार बढीको अवैध सामान बरामद
२०८३ कार्तिक २०, ०८:२४
कञ्चनपुरः कञ्चनपुरबाट २ लाख ४३ हजार बढीको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ४३ हजार ७५० बराबरको अवैध सामान बरामद गरिएको छ। विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामान बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस