निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
धनगढी: नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
कार्कीले बिहीबार सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उक्त रिट आज दर्ता भएको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदबाट हटाउँदै डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कार्की सर्वोच्च अदालत पुगेका हुन्।