सुदूरपश्चिम टस हार्यो, पहिले ब्याटिङ गर्दै
२०८३ कार्तिक २०, १२:२३
काठमाडौं: नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ।
टीयू मैदानमा कर्णालीले टस जितेर पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ। सुदूरपश्चिमले एक परिवर्तन गरेको छ। शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायके पहिलो रोजाइमा खेल्दैछन्।
कमेन्ट लोड गर्नुस