बैतडीबाट भन्सार छलीका बिडी बरामद
२०८३ कार्तिक २१, ०७:१८
बैतडीः बैतडीबाट भन्सार छलीका बिडी बरामद गरिएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २० हजार बराबरको बिडी शुक्रबार प्रहरीले बरामद गरेको हो। उक्त बिडी प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस