सुनचाँदीको मूल्य स्थिर
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ कायम भएको थियो ।