सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

२०८३ कार्तिक २३, ०४:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस