जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतका एक जना अछामबाट पक्राउ
२०८३ कार्तिक २५, ०६:४७
अछामः जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतका एक जना अछामबाट पक्राउ परेका छन्।
१९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दहताल बस्ने २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर पक्राउ परेका हुन्। ज्ञानेन्द्रलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङगाचाल्ना, अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस