सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयकर दाखिलामा उत्कृष्ट निसर्ग अस्पताल सम्मानित

२०८३ मंसिर १, ०२:२० खबर संवाददाता

धनगढीः सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा परेको कैलालीको निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। १५औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मानपत्र प्रदान गरेको हो।

आफ्नो कार्यक्षेत्रभित्र रहेका करदातामध्ये आर्थिक वर्ष २०८१(०८२ को विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै निसर्ग अस्पताललाई सम्मान गरिएको हो। अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई उक्त सम्मान प्रदान गरिएको हो। 

यसै अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले निसर्ग अस्पतालसँगै आयुष सर्जिकल र नास्ट कलेजलाई समेत सम्मान गरेको छ।

कमेन्ट लोड गर्नुस