सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट १ लाख ६४ हजारको अवैध सामान नियन्त्रणमा

२०८३ मंसिर ४, ०८:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट १ लाख ६४ हजारको अवैध सामान नियन्त्रणमा लिइएको छ।

कञ्चनपुरको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ६४ हजार १५० बराबरको सामान प्रहरीले  नियन्त्रणमा लिएको हो।

भन्सार छलीको चिनी, खाने तेल, ओखर, टायर सिल्ट, प्लाष्टिक डोरी, कस्मेटिक लगायतका सामानहरु बिहिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस