सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलायरले कांग्रेस इतर पक्षको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने

२०८३ मंसिर ४, ०२:३७ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने कांग्रेस इतर पक्षको १५औँ महाधिवेशनमा उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।

बलायरले आफू केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै पार्टीका नेता तथा कार्यकर्ताको सहयोग र सद्भावको अपेक्षा गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बलायरले पार्टीभित्रको पछिल्लो राजनीतिक विवादमा सभापति शेरबहादुर देउवामाथि अन्याय भएको धारणा राख्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस