सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका युवकको टिपरको ठक्करबाट मृत्यु 

२०८३ मंसिर ९, ०७:५४ खबर संवाददाता

धनगढीः धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीयको अवरोधका कारण केही समय यातायात प्रभावित भए पनि हाल सडक खुलिसकेको र सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस