भारतको पुणेबाट कैलालीका ८८ वर्षीय वृद्ध बेपत्ता, खोजीका लागि परिवारको अपिल
धनगढी: भारतको महाराष्ट्रस्थित पुणेबाट कैलालीको गौरीगङ्गाका ८८ वर्षीय दानसिंह कुँवर बेपत्ता भएका छन्।
मरुन्जीस्थित लक्ष्मी चोकबाट गत अक्टोबर २६ देखि उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
परिवारका अनुसार कुँवर बेपत्ता भएदेखि नै उनको खोजी भइरहेको छ। तर, अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले कुँवरको तस्बिर सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ।
भारतमा रहेका नेपालीसहित सर्वसाधारणलाई उनको तस्बिर सेयर गरी खोजीमा सहयोग पुर्याउन परिवारले आग्रह गरेको छ। कुँवरलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी पाएमा ८१४९९८६६९४, नेपाल सम्पर्क नम्बर ९८६५८७१४७५ वा भारत सम्पर्क नम्बर +९१ ९७३०६१३५७८ मा तत्काल खबर गरिदिन परिवारले अनुरोध गरेको छ।