सुदूर नेपाललाई विश्वसँग जोड्दै

खराब मौसमका कारण बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

२०८३ मंसिर १३, ०३:३१ खबर संवाददाता

 

धनगढी : काठमाडौं–सुर्खेत उडानमा रहेको बुद्ध एयरको विमान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको छ।

एन–एओजी कलसाइन रहेको उक्त विमान सुर्खेतको आकाशमा केही समय फन्को लगाएपछि प्रतिकूल मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार नेपालगञ्जमा अवतरण गरेको उक्त विमान पछि पुनः सुर्खेतका लागि उडेको थियो।

उक्त विमानमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महतसमेत सवार रहेका थिए।

सुर्खेतमा मौसम अनुकूल नभएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै विमानलाई नेपालगञ्ज डाइभर्ट गरिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस