सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘एडल्ट’ बन्यो ‘गाजा बाजा’

२०७४ फाल्गुन २२, ११:११

यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गाजा बाजा’ सेन्सर पास भएको छ । फिल्मले ’एडल्ट’ सर्टिफिकेट पाएको छ ।

लामो समय नामकै कारण विवादको घेरमा रहेको यो फिल्म ट्रेलर सार्वजनिक भएपछि सेन्सर पास हुने वा नहुनेमै शंका उब्जिएकोमा फिल्ममा समावेश केही दृश्य अनि संवादका कारण सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको हो ।
अब यो फिल्म १६ वर्षभन्दा कम उमेरका बालबालिकाले हेर्न पाउने छैनन् । फिल्म १ घण्टा ३० मिनेट लामो छ ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्ममा अनुपम शर्मा, शुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुवीर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

यो फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ ।

बाबा सिनेमा निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका ईन्टरटेनमेन्टको व्यानरमा ‘गाजा बाजा’ निर्माण भएको हो ।

कमेन्ट लोड गर्नुस