यसकारण बढ्छ चिसोमा ब्लडप्रेसर
हाम्रो शरीरले आफ्नो भित्री तापक्रमलाई ३७ र ४० डिग्री सेन्टिग्रेडमा राख्न सक्षम हुन्छ । बाहृय वातावरणमा जुनसुकै तापक्रम भएपनि हामी आफ्नो आन्तरिक तापक्रम केही समयसम्म धान्न सक्छौं । यस्तो प्रक्रियालाई तापक्रम सन्तुलन विधि भनिन्छ। जस्तैः( जाडो भएमा हाम्रो छाला चिसो हुन्छ किन कि त्यहाँ सतहमा भएका रगतका नशाहरु साँघुरिन्छन् र रगतको प्रवाह कम हुन्छ। हामी काम्न थाल्छौं । मुटुको गतिमा गडबडी हुनथाल्छ, मुटु सुस्त हुन्छ र बन्दपनि हुनसक्छ।
किन बढ्छ जाडोमा ब्लडप्रेसर?
जाडो(चिसो)ले शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्तको सञ्चारमा रुकावट पैदा गर्दछ। जसले गर्दा मुटुले रक्तनलीहरुमा रक्त सञ्चालनको लागि सामान्य भन्दाबढी मेहनत गर्नुपर्नेहुन्छ । यसकारण ब्लडप्रेसर बढ्न जान्छ। जसको ब्लडप्रेसर सामान्य रहन्छ । त्यसमध्ये केहीको ब्लडप्रेसर थोर(बहुत बढेकै हुन्छ, भने जसको ब्लडप्रेसर नियमित रुपले औषधिको सेवनबाट कन्ट्रोलमा छ, उनीहरुको औषधिको मात्रा बढाउनुपर्ने अवस्था हुन्छ ।
तेश्रो जसको ब्लडप्रेसर पहिलेदेखि नै हाई रहन्छ । उनीहरुको ब्लडप्रेसर बढेर खतरनाक स्थितिमा पुग्न सक्छ। उच्चरक्तचाप भएमा धमनीहरुमा रगतको दबाब बढन जान्छ । जाडोमा त्यसैपनि(ब्लडप्रेसर गर्मी महिनाको तुलनामा ५ मिलि बढ्नजान्छ।
जाडोमा प्रेसर बढ्ने कारणहरु
(१)जाडोमा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँघुरिन्छ । साँघुरिएको नशा धमनीहरुमा रक्तसञ्चारको लागि मुटुले बढी बल गर्नुपर्ने हुन्छ। जसले गर्दा ब्लडप्रेसर बढन जान्छ।
(२) जाडोयाम मा पसिना न आउनाले पनि प्रेसर बढ्दछ।
(३) घरमै बसिरहने शारीरिक गतिविधि कम गर्नाले पनि प्रेसर बढ्न जान्छ ।
(४) जाडो मा अवसाद(डिप्रेसन)को चपेटमा आउने मानिसहरु(अल्कोहलको सेवन बढी गर्ने हुनाले पनि उनीहरुमा पनि प्रेसर बढ्ने आशंका रहन्छ ।
(५) गलत खानपानको आदतले पनि बढ्छ र उच्चरक्तचापको कारण बन्दछ।
ब्लडप्रेसरलाई कन्ट्रोल कसरी गर्ने ?
नुन, अमिलो, चिया , कफि, चटपटे, खानेकुरा कमै मात्रामा लिने, पुरानो अचार तथा डिब्बा बन्द खाद्यपदार्थ खानबाट बच्ने ।
यी खाद्यपदार्थमा भरपुर मात्रामा नुन हुन्छ। पोटासियम र मेग्नेसियम युक्त भएको खाद्यपदार्थ भरपुरमात्रामा लिने। सधैं सन्तुलितआहार लिने, खानामा चोकर स्मेतको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, गोलभेडाको जुस, अमला आदि आफ्नो खानामा समाबेश गर्ने ।
पहिरनः
शरीरलाइ न्यानो राख्न ऊनीको गरमकपडा लागाउने। टाउकोलाई चिसोबाट जोगाउन ऊनीको टोपी लगाउने, हातमा पन्जा खुट्टामा मोजा लगाउने, भित्र थर्मोकोट लागाउने, घरभित्रै भएपनि हिँड्डुल गरिराख्ने । घाम ताप्ने । शरीरिक व्यायम गर्नाले पनि शरीरमा गर्मी आउँछ।
घरेलु उपचारः
प्रतिदिन लसुनको ३(४ केस्रा छोडाएर चपाउने अनि मनतातो पानीले निल्ने। यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्दछ।
८तुलसीको पात महसँग खाने ।
८ एकचम्चा अमलाको जुस र एक चम्चा मह मिसाएर सधैं बिहान खाने ।
८ तिन भाग गाजरको जुसमा एक भाग पालुगों को रस मिलाएर सधैं बिहानबेलुकी सेवन गर्ने ।
८ योगासन( कपालभाति, अनुलोमबिलोम तथा सूर्यनमस्कार आदिले पनि प्रेसरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ ।