सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभासको ‘साहो’ मा श्रद्धाको खतरा लुक्स

२०७४ फाल्गुन २२, ०३:०८

‘बाहुबली स्टार प्रभासको नयाँ फिल्म ‘साहो’ को फस्टलुक पोष्टर सार्वजनिक भएसँगै यसले उत्सुकता वढाएको छ । फिल्मको पोष्टरमा उनले आफ्नो आधा अनुहार पछ्यौराले छोपेका थिए । तर सोही फिल्मकी अभिनेत्री श्रद्धा कपूरको खतरा लुक्सले पनि दर्शकमा अझ थप कौतुहलता बढाएको छ । श्रद्धा यो फिल्मबाट तेलुगू फिल्ममा आफ्नो यात्रा सुरु गरिरहेकी छिन । फिल्ममा प्रभास मुख्य भूमिकामा छन् ।

सेलिब्रेटी मेकअप आर्टिस्टले ईन्स्टाग्राममा श्रद्धाको फस्टलुक शेयर गरेकी छिन् । हिन्दी, तमिल र तेलुगूमा पनि यो फिल्म खिचिएको छ । ‘साहो’ को एक्सन सिन स्तरिय बनाउन निर्माताले करोडौ खर्च गरेका छन् ।

सुजीत निदेर्शित ‘साहो’ एक थ्रिलर सस्पेन्स फिल्म हो । फिल्मले एक योद्धाको कथा बोल्नेछ । फिल्मको बजेट १५० करोड रहेको छ ।

फिल्ममा ज्याकी श्राफ, मन्दिरा वेदी र नील नीतिन मुकेश पनि प्रमुख भूमिकामा छन् । फिल्मको निर्माण यूवी क्रियशनले गरिरहेको छ ।

कमेन्ट लोड गर्नुस