टाउको दुखाई कम गर्न यस्तो गर्नुस
यदि नियमित रुपमा यटाउको दुखिरहेको छ भने निम्न विषयमा ध्यान दिनुपर्ने हुन्छ:
१. सकेसम्म कहिल्यै भोको पेट बस्नु हुँदैन। पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपछ ।
२. आफू बसेको स्थान आसपासमा दुर्गन्ध वा बास्ना आउने वातावरण छ भने अन्यत्र जानुपर्छ।
३. अत्याधिक चम्किलो उज्यालो, भिडभाड तथा आवाज आउने ठाउबाट टाढा रहनुपर्छ।
४. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन।
५. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेटको सेवन गर्नु हुँदैन।
६. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सकेसम्म सेवन नगर्ने।
७. अनावश्यक रुपमा चिन्ता लिने, वा एकोहोरो भएर बस्नु हुदैन। सकेसम्म एक्लै नबस्ने।
८. दैनिक न्यूनतम ८ घन्टा पुर्ण आरामका साथ सुत्ने गर्नुपर्दछ।