सुदूर नेपाललाई विश्वसँग जोड्दै

के साँचै किच्कन्या हुन्छन ?

२०७६ माघ ११, ०५:३५ खबर संवाददाता

किच्कन्याको कथा धेरैले सुनेको हुनुपर्छ। कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन्। किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो। यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी पुर्याउनेगरेको विश्वास छ।

भारतमा चुडैल पनि भन्ने गरिन्छ। तर, चुडैलभन्दा किचकन्या केही भिन्न मानिन्छ । यसले हानी नोक्शानी पनि पुर्याउने गरेको बताइन्छ।

किचकन्या रातको समयमा मात्र देखिने गरेको बताइन्छ। भेटेको दाबी गर्नेहरुका अनुसार किचकन्या नारी स्वरुपको हुन्छिन्। असाध्यै सुन्दर र सफा हुन्छिन् । सबै सुन्दर भएपनि किचकन्यालाई चिन्न उपाय भनेको खुट्टाको पाउ मात्रै हो। किचकन्याको पाउ सामान्य मानिसकको भन्दा भिन्न अर्थात् औंलाको भाग पछाडि र कुर्कुच्चा अगाडि फर्केको हुन्छ।

किचकन्या चिहानबाट निस्कने गरेको बताइन्छ। मध्यरातमा चिहानबाट निस्कने र उज्यालो हुनेवित्तिकै फर्कने गर्छिन्। रातको समयमा पुरुषलाई भेटेमा यीनले आफ्नो पासोमा पार्छिन् । किचकन्याले मानिसलाई मार्ने या नोक्शानी पारिहाल्ने गर्दिनन्। तर, यीनले आफूसँग सम्बन्ध बनाएर पल्काउँछिन्। सम्बन्ध बनाउन पल्केको पुरुष विस्तारै सुक्दै जान्छ र मृत्युको अवस्थामा पुग्छ।

किच्कन्यासँग पल्केको पुरुषलाई छुटाउन तन्त्रमन्त्रबारे पनि सुनिएको छ। तान्त्रिकले किचकन्यासँग फसेको पुरुषलाई धागो दिने र सम्बन्धको समयमा धागो बानिदिन लगाउँछ। लामो धागोका कारण किचकन्या कुन स्थानबाट निस्केकी हुन् पत्ता लाग्छ। त्यस स्थानमा हड्डी भेटिन्छ। हड्डीलाई नष्ट गरेर र तन्त्र मन्त्र गरेर किचकन्या आउन नसक्ने बनाइन्छ। यसको अर्थ यो मृत महिलाको भड्केको आत्मा हो।

राजा महाराजाहरु पनि किचकन्यासँग फसेको किम्वदन्ती छ। किचकन्यासँग मल्ल राजा प्रताप मल्ल समेत फसेको किम्वदन्ती छ। पछि उनलाई तान्त्रिकले छुटाइदिएका थिए।

कमेन्ट लोड गर्नुस