सुत्नुभन्दा अगाडि सिरानीमुनि राख्नुपर्ने एउटा महत्वपूर्ण कुरा
जीवनमा यदि लामो समयसम्म निराशा छाएको छ र आफू असफल भइरहेको छु भन्ने लाग्छ भने केही वास्तुसम्बन्धी टिप्सलाई मान्दा सफलता मिल्न सक्छ। सफलता मिल्ने बाटो भनेको वास्तुमाथिको विश्वास त होइन, तर यसले मनोबल बढाउने काम भने पक्कै गर्छ।
तर, यसको अर्थ के होइन भने सबै कुरा वास्तुअनुसार नै हुनुपर्छ । वास्तुअनुसार सबै कुरा घरमा नभए पनि केही कुरा चाहिँ हामीले फलो गरेको खण्डमा हामीलाई सफलता मिल्न सक्छ । तीमध्ये सुत्नुभन्दा अगाडि सरानीको छेउमा वा सिरानीमुनि के राख्ने भन्ने पनि एउटा महत्वपूर्ण कुरा हो।
वास्तुलाई मान्ने हो भने सिरानीमुनि गीता वा सुन्दरकान्ड राख्ने हो यसले हामीलाई चिन्ताबाट बाहिर निकाल्छ। यसले हामीलाई सकारात्मक ऊर्जा दिने मात्र होइन, दिनभर ताजगी महसुस पनि गराउने विश्वास गरिन्छ। गीता सिरानीमुनि राख्दा गुरु ग्रहको सकारात्मक प्रभाव पनि पर्ने विश्वास गरिन्छ।
मंगलबारको राति कुनै हरियो कपडामा बाँधेर मुँगको दाल पनि सिरानी मुनि राख्ने हो भने यसले घरमा निकै सकारात्मक प्रभाव पार्न सक्छ। अझ विशेषगरि झगडा परिरहने श्रीमान् श्रीमतीका लागि यो निकै उपयोगी हुन्छ भन्ने मानिन्छ।
सुत्नुअगाडि सिरानी छेउ तामाको भाँडामा पानी राख्ने र त्यसले विहानमा उठेर मुख धुने तथा त्यसलाई अरुले कुल्चन नमिल्ने ठाउँमा फाल्नु पर्छ। यसले शान्ति ल्याउने र मानिसलाई सफलतातिर डोर्याउने विश्वास गर्न सकिन्छ। पैतृक सम्पत्तिबाट लाभ होस् भन्ने चाहनेले पनि यसलाई फलो गर्न सक्ने विश्वास गरिन्छ।
यदि कसैले नराम्रा सपना देखिरहेको छ र ती सपनाहरुबाट छुटकरा पाउनुका साथै केही नयाँ गर्न खोज्छ भने उसले फलामको केही टुक्रा सिरानीमुनि राख्दा राम्रो हुने मानिन्छ । यसका लागि हामीले चाबीको पनि सहयोग लिन सक्छौँ। -एजेन्सी