एपेन्डिसाइटिसबाट कसरी जोगिने, यस्ता छन् लक्षण र उपचार विधि
पेटको दाहिनेतर्फ मुनिपट्टी रहेको थैली आकारको अंगलाई एपेन्डिक्स भनिन्छ । जब एपेन्डिक्स सुनिन्छ यसलाई एपेन्डिसाइटिस भनिन्छ। एपेन्डिसाइटिस हुँदा पेटको तल्लो भागमा दुखाई हुने गर्दछ। यो जुनै उमेरका मानिसलाई पनि हुने गर्दछ। एपेन्डिसाइटिस भएमा यसलाई शल्यक्रिया गरेर हटाइन्छ।
एपेन्डिसाइटिसको लक्षण
एपेन्डिसाइटिस हुँदा नाइटो आसपासमा धेरै नै दुख्छ। यो दुखाई पेटको तलतिर दाहिने भागमा सर्न थाल्दछ। खोक्दा, हिँड्दा वा जिउ तन्काउँदा समेत यसको दुःखाई बढ्ने गर्दछ। यस्तो बेला खाना अरुचि हुने, ज्वरो आउँने, पेट फुल्ने, चक्कर आउने वा बान्ता समेत हुनसक्छ।
उपचार
एपेन्डिसाइटिसको उपचार ढिला भएमा गम्भीर समस्या आउन सक्छ। कतिपय अवस्थामा एपेन्डिक्स फुट्दा पेटमा संक्रमण समेत हुन्छ। यस्तोमा तत्काल चिकित्सकको परामर्श अनुसार शल्यक्रिया गरी एपेन्डिक्स हटाउनुपर्छ। साथै पेटको क्याभिटी पनि सफा गर्नुपर्छ। यसको उपचार भनेकै शल्यक्रिया गरेर एपेन्डिसलाई फाल्नु रहेको चिकित्सकहरु बताउँछन।