भारतको बडौदामा डोटीका एक जनाको मृत्यु
२०७६ माघ १६, ०८:२०
भारतको बडौदामा डोटीका एक जनाको मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका वडा नम्वर ३ नुवाकोट निवासी प्रयागराज भट्टको मृत्यु भएको हो।
कामको शिलशिलामा एक्कासी मुखबाट रगत बगेपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको अहिले भारतमै रहेका भट्टका छिमेकी भुवन प्रशाद भट्टले जानकारी दिए।
कमेन्ट लोड गर्नुस