सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै महिनामा तीन पटक आमा बनिन् यी महिला!

। फोटो स्रोत ।
२०७६ माघ १६, ०४:१३ खबर संवाददाता

भनिन्छ, भाग्यको अगाडि विज्ञान पनि फिक्का छ। यो वाक्य बंगलादेशकी एक महिलाको जीवनबाट चरितार्थ हुन्छ। ति महिलाले एक महिनामा ३ पटक बच्चा जन्माएर सबैलाई चकित बनाएकी छन्। ति महिलाले तीन स्वस्थ बच्चालाई फरक(फरक समयमा जन्म दिएर संसारलाई नै चकित बनाएकी छिन्। एक महिनामा तीन बच्चा जन्माउँने ति महिलाको नाम हो आरिफा सुल्तान।

ति महिला मात्र २० वर्षकी छिन्। डाक्टरहरुका अनुसार महिलाको पहिलो बच्चाको डेलिवरी नर्मल तरिकाले भएको थियो। पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएकी थिइन्। पहिलो बच्चा जन्माएको २६ दिन पछि उनको पेट अत्याधिक दुख्न थाल्यो र उनले डाक्टरलाई देखाइन्। अल्ट्रासोनोग्राफीमा फेरी उनको पेटमा अरु दुई बच्चा रहेको पत्ता लागेको थियो।

कम्प्लिकेसन्स हेरेपछि डाक्टरले महिलाको दोश्रो पटक डेलिवरी गरेका थिए। त्यो पटक आरिफाले अप्रेशनको माध्यामबाट अन्य दुई बच्चालाई जन्म दिएकी थिइन्। एक छोरा र अर्काे छोरीलाई उनले जन्म दिएकी थिइन्।

डाक्टरहरुका अनुसार महिलाको पेटमा दुई गर्भाशय थिए। त्यसैले उनी एक महिनामा तीन पटक आमा बनेकी थिइन्। महिलालाई चेकजाँच गर्ने मुख्य चिकित्सकले आफूले डाक्टरी पेशा अँगालेको ३० वर्षमा त्यो पहिलो घटना भएको बताएका छन्। आरिफाका तीन वटै बच्चाहरु एकदमै स्वस्थ रहेका छन्।

कमेन्ट लोड गर्नुस