सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिप्रेसन : लक्षण र रोकथामका उपाय

२०७६ माघ १७, ०३:११ खबर संवाददाता

विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ। अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ। व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ। यो मानसिक समस्या हो। तर, समयमै उपचार गरेमा यो निको हुन्छ। हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन। मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ। डिप्रेसन भनेको उदासीको अवस्था नै हो।

यो आनुवंशिक रोग भएकले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ। साथै, आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ । नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिमा डिप्रेसन भइरहेको पाइन्छ। डिप्रेसन भएको कसरी थाहा पाउने त?

लक्षण:-
–शक्तिहीन महसुस गर्नु। 
–खान मन नलाग्नु। 
–कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु। 
–जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु। 
–आफूबारे नकारात्मक मात्र सोच्नु। 
–आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु। 
–आत्महत्याबारे सोचिरहनु। 
–कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु।
–नियमित रूपमा शरीर र टाउको दुख्नु।

उपचार:-

डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन्। अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन। थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन्। फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ। जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरू। डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन। डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ। एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट।

रोकथामका उपाय:-

– शारीरिक रुपमा सक्रिय रहने।

– रमाइला कामका लागि समय निकाल्ने।

– आफ्ना सहयोगीहररूमाझ समय बिताउने।

– योग र ध्यान गर्ने।

– अत्यन्त महत्वाकांक्षी नहुने।

– सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने।

– धूमपान र मध्यपानको लतमा नपर्ने।

– उदासीपनका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने।

कमेन्ट लोड गर्नुस