सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाँजरले घटाउँछ क्यान्सर र हृदयघात

२०७६ माघ १७, ०३:५० खबर संवाददाता

आफूलाई स्वास्थ्य राख्न चाहने तथा आफ्नो आँखाको ज्योति नगुमोस् भन्ने चाहनेका लागि गाजर निकै फलदायी हुनसक्छ। कम क्यालोरी भए पनि गाजरको स्वाद निकै मीठो हुन्छ। यतिमात्र होइन, यो अनेक पौष्टिक तत्वले भरिपूर्ण हुन्छ जसले हाम्रो स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ। यदि गाजर हाम्रो नियमित खानामा समावेश भयो भने हामीले धेरै समस्याहरुबाट छुट्कारा पाउँछौँ।

गाजरका केही फाइदाः

१. गाजरको नियमित सेवनले हाम्रो आँखाको स्वास्थ्य राम्रो हुन्छ। यसमा बिटा क्यारोटिन हुन्छ जो पेटमा पुगेपछि भिटामिन एमा बदलिन्छ। आँखाको रोग मोतियाबिन्दु कम गर्न पनि गाजरको ठूलो भूमिका हुने विश्वास गरिन्छ।

२. गाजरको नियमित सेवनले फोक्सो, स्तन तथा कोलोन क्यान्सरको खतरा पनि कम हुन्छ। गाजर एउटा मात्र खाद्यान्न हो जसमा फाल्केरिनोल नामको किटनाशक पाइन्छ। गाजरको सेवनले क्यान्सरको सम्भावना एक तिहाइले कम हुन्छ।

३. यसलाई एन्टि एजिङ खानाका रुपमा पनि चिनिन्छ। अर्थात् गाजर खानेहरुको अनुहारमा बुढ्यौलीका रेसा देखिने सम्भावना निकै कम हुन्छ। 

४. गाजरमा हुने औषधीय गुणले विभिन्न संक्रमणलाई कम गर्छ, यसको जुस पिउँदा झन् धेरै फाइदा हुन्छ।

५. हार्वर्ड विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार गाजर नियमित खानेहरुमा हृदयघातको सम्भावना पनि कम हुन्छ।

६. गाजर खाने हो भने हाम्रो शरीरमा भएका विषालु पदार्थ पनि बाहिर निस्कन सहज हुन्छ।

७. गाजर नियमित खाँदा हाम्रो दाँतको स्वास्थ्य पनि राम्रो हुन्छ। दाँतको सफाइ गर्नुका साथै गाजरले हाम्रो सासलाई पनि स्वच्छ राख्छ। 
 

कमेन्ट लोड गर्नुस