सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसरी उतार्ने रक्सीको ह्याङओभर ?

२०७६ माघ १७, १०:५८ खबर संवाददाता

रक्सीले झ्याप भएर ह्याङओभरका कारण  धेरै टाउको समातिरहेका भेटिन्छन्। ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन। यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन। सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस्।

दुध र दही
रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ। यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ। यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ।

कागती पानी
मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्।

मह
रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस्। बिस्तारै ह्याङओभर उत्रिन्छ।

सुन्तलाको रस
सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन। अनि रक्सीको नशा पनि उत्रिन्छ।

अदुवा हालेको चिया
अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ। अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ। –एजेन्सी

 

कमेन्ट लोड गर्नुस