एक घण्टा दौडिए सात घण्टा आयु बढ्ने
इओवा स्टेट युनिभरसिटीका वैज्ञानिकहरुले गरेका एक अध्ययनका अनुसार हरेक घण्टा दौडिएमा तपाईले ७ घण्टाको अतिरिक्त जीवन पाइने छ। सात घण्टाको थप जीवनमा अवस्य नै तपाईले धेरै काम गर्न सक्नुहुनेछ।
सन् २०१४ मा लेखिएको अमेरिकन कलेज अफ कार्डियोलोजी नामको जर्नलमा उल्लेख गरे अनुसार दिनमा ५ देखि १० मिनेटसम्म दौडिँदा पनि मान्छे हृदयघात जस्ता मुटुसम्बन्धी रोगहरुबाट धेरै टाढा रहन सक्छ। यसै जर्नललाई आधार मानेर इओवाले आफ्नो अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएको हो।
डल्लासमा कुपर इन्सटिट्युटले अप्रिलमा यी कुराहरु संकलन गरी मुत्युबाट भाग्न सकिन्छ भनेर पोष्ट गरेको थियो। इओवाका प्रोफेसर डक छुल लीले पछिल्लो अध्ययनलाई आधार मान्दै गरेको अनुसन्धानबाट पत्ता लगाए कि नियमित दौडनाले मान्छेको अकाल मृत्युलाई ४० प्रतिशतले कम गर्न सक्छ। यसमा कतिको छिटो वा ढिलो दौडिनु पर्छ भन्ने छैन।
सन् २०१४ मा जस्तै यो अनुसन्धानबाट पत्ता लगाइएको हो की मान्छेलाई दोडिने क्रममा लाग्ने समय भन्दा धेरै समय तपाईले आफ्नो जीवनमा थप्न सक्नुहुनेछ। अनुसन्धानले देखाए अनुसार यदि सबै मानिसहरु नियमित दौडिने हो भने हृदयघातले मृत्यु हुनेको संख्या २५ प्रतिशतले घट्ने छ र १६ प्रतिशतले मानिसको मृत्युदर घट्ने छ। यस अनुसन्धानमा संलग्न मानिस विशेष गरी मध्यम स्तरका गोरा थिए।
सात घण्टाको थप जिन्दगीका यी आधारहरु रहेका थिए। हरेक हप्तामा २ घण्टाको ट्रेनिङले एउटा ४० वर्षिय व्यक्तिको आयु ६ महिना थप हुनेछ। यसले मृत्युदरलाई घटाएर मान्छेको जीवनदरलाई ३ दशमलव २ वर्ष र औसत रुपमा २ दशमलव ८ ले बढाउनेछ। लीका अनुसार दौडिनाले तपाईलाई अमर त बनाउने छैन तर एक घण्टाको दौडाइस्वरुप तपाईले जीवनमा अर्को ७ घण्टा भने थप्नसक्नुहुनेछ।