सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अछामकी एक महिला डेढ लाख लिएर फरार

२०७६ माघ १८, ०१:५४ खबर संवाददाता

भारतमा डेढलाख रुपैँया लिएर एक महिला गायब भएकी छन्। कामको सिलसिलामा भारतको मुम्बैमा परिवार सहित बस्दै आएका अछामको पंञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ का हर्क बहादुर धामीकी श्रीमती गिता धामी कोठाबाट एक लाख पचास हजार रुपैँया लिएर फरार रहेको भारतबाट सामाजिक अभियान्ता करन साउँदले बताए।

शुक्रबार दिउँसो तरकारी ल्याउँछु भन्दै बजार निस्केकी उनी अहिले सम्म पनि सम्पर्कमा नआएको र कोठामा राखेको एकलाख पचास हजार रुपैँया लिएर फरार रहेको उनका श्रीमान हर्क बहादुर धामीले बताए। उनका ६ वर्ष र डेढ वर्षका दुई छोरी छन्।
 

कमेन्ट लोड गर्नुस