सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुरुषले सधैँ गोप्य राख्नुपर्ने यी ४ कुरा

२०७६ माघ १८, ०२:२० खबर संवाददाता

तक्षशिलाका आचार्य चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि महान ज्ञाता थिए। उनका कुराहरु आजसम्म पनि सान्दर्भिक थिए छन्। उनले जीवनमा जति अनुभव बटुले र जुन नियम बनाए त्यो सबै उपयोगी कुरा संसारलाई दिएर अमर भए।

चाणक्य शास्त्रका अनुसार पुरुषले गोप्य राख्नुपर्ने यी हुन् ४ कुरा:-

१. कुनै पनि पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन्। संसारमा आफ्नो सच्चा हितैषी एकदमै कम हुनाले जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ त्यसैले पिठ्युँपछाडिबाट छुरा खोप्न सक्छ। त्यसैले झन दुःखी बनाउँछ।

२. चाणक्यले धनको क्षतिबारे कसैलाई भन्न नहुने बताएका छन्। यसरी अरूलाई बताउँदा प्रतिष्ठा नष्ट हुने र मानिसहरूले उसको सम्मान गर्न छोड्छन्। धन नाश भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउँन थाल्छन्।

३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यको नीति शास्त्रमा उल्लेख छ। विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग भन्न हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मान रहँदैन।

४. जीवनमा आफ्नोअपमानलाई कहिल्यै पनि अरूका अगाडि चर्चाको विषय बनाउँनु हुँदैन । दतपाई अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ, तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्दै जान्छ। त्यसैले अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउँनु हुँदैन।
 

कमेन्ट लोड गर्नुस