सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी ५ प्रकारका व्यक्ति जसलाई फेसबुकमा कहिल्यै साथी नबनाउनुस्

२०७६ माघ १९, ०५:४३ खबर संवाददाता

फेसबुक एउटा यस्तो माध्यम बनिसकेको छ, जहाँबाट मानिसहरु एकअर्कासँग जोडिन्छन्। साथी होस् वा परिवारको सदस्य जो कोहीलाई पनि फेसबुकमा भेटिन्छ। यस हिसाबले यो एउटा परिवारजस्तै बनिसकेको छ। फेसबुकमा विभिन्न सोंच, शैली र व्यवहार भएका मानिसहरु भेटिन्छन्। मानिसहरु सबै राम्रै उद्देश्यले फेबुकमा जोडिएका हुन्छन् भन्ने छैन। कतिपय गलत नियतले पनि यहाँ आएका हुन्छन्। आज हामी तपाईंलाई ५ प्रकारका मानिसबारे जानकारी दिँदैछौं, जसलाई फेसबुकमा साथी नबनाएकै राम्रो।

सबैको ध्यान आफैँमा केन्द्रित गर्न खोज्ने

फेसबुकमा तपाईंको फ्रेण्ड लिस्टमा कोही यस्तो साथी हुनसक्छ, जो हमेसा आफूतर्फ सबैको ध्यान खिच्ने प्रयास गरिरहन्छ। यस्ता मानिसहरु लाईक र कमेन्ट बटुल्न जस्तोसुकै स्टाटस पनि अपडेट गर्छन्। जस्तै ‘त्यो अन्तिम पटक थियो, जब मैले कसैलाई विश्वास गरेँ!’ यसपछि साथीहरु कमेन्टमा के भयो भनेर सोध्न थाल्छन्। धेरैको ध्यान आफूतिर तानिन्छ। तर, ऊ भने जवाफ दिनुको साटो कमेन्ट र लाईक हेरेरै मख्ख हुन्छ। यस्ता स्टाटस कतिपयले प्रसंगबस अपडेट गरेका पनि हुनसक्छन् । तर, बारम्बार यस्तै स्टाटस राखिरहन्छन् भने बुझ्नुपर्छ, ऊ ब्ततभलतष्यल क्भभपभच हो।

स्कूल ट्रिक्सबाट आउने

फेसबुकमा तपाईंले कतिपय फ्रेण्ड रिक्वेस्टसँगै मेसेज पनि पाउनुभएको होला, जस्तो कि ‘के छ खबर? मलाई चिन्यौ? हामी एउटै स्कूलबाट हो नि!’ तर, ऊ न तपाईंसँगै एउटै स्कूलमा पढेको हुन्छ, न त पहिले चिनेको नै। यस्ता व्यक्तिहरुलाई सकेसम्म साथी नबनाउनु नै बेस।

प्रचारमुखी

फेसबुकमा कतिपय यस्ता पनि हुन्छन, जो भएभरका कुरा दिनभरी अपडेट गरेर बस्छन्। तपाईंको फेसबुक वाल नै उसकै पोस्ट र तस्वीरहरुले भरिन्छ। यद्यपी तपाईंलाई भने यस्ता कुरासँग कुनै सरोकार नै हुँदैन। यस्ता व्यक्तिलाई पनि सकेसम्म फ्रेण्ड लिस्टमा नराखेकै राम्रो।

आफ्नैमात्र बखान गर्ने

कतिपय मानिस यस्ता पनि हुन्छन, बिहान जुरुक्क उठेर ‘म उठेँ’ भनेर स्टाटस हाल्छन्। खाना खाने बेलामा पनि उसकै पोस्ट पहिले आउँछ। दिउँसो कहाँ छु, बेलुका के खाएँ आफ्ना यस्ता पर्सनल अपडेटहरु दिनभरी नै फेसबुकमा लेखेर बस्ने साथीसँग पनि सकेसम्म फेसबुकमा नजोडिनुस्।

वास्तविकतामा टाढा भइसकेको व्यक्ति

यस्ता व्यक्ति जोसँग तपाईं वास्तविक जीवनमा निकै टाढा भइसक्नुभयो। जस्तो कि पूर्वप्रेमी–प्रेमीका, अथवा छुटेको कुनै नजिकको साथी जोसँग तपाईंको वास्तविक जीवनमा सम्बन्ध तोडिएको हुन्छ, उसलाई आजै फ्रेण्ड लिस्टबाट हटाउनुस्। किनकी उसका दैनिक गतिविधि, तस्वीरहरु देखेर तपाईंलाई दिनदिनै नराम्रो मात्रै लाग्छ।
 

कमेन्ट लोड गर्नुस