आँखा सम्बन्धी हरेक समस्याको समाधान अब अम्बामा, यस्ता छन फाइदाहरु
नेपालको धेरैजसो स्थानमा सजिलै पाइने फलफुल हो अम्वा। अम्वा नेपालको धेरै स्थानमा उत्पादन हुने गर्छ। हामि सबैले अम्वा खाएकै छौ। अम्वाको सेबन गर्नाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ। खाँदा अमिलो र गुलियो हुने अमला अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ।
यसको सेबनले आँखा सम्बन्धी हरेक समस्या समाधान हुन्छ। यसको सेबन गर्नाले रतन्धोबाट बच्न सकिन्छ। अम्बा खाएमा पाचन प्रणली स्वस्थ हुन्छ। अम्बा मधुमेह रोगीको लागी पनि राम्रो मानिन्छ।
अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ। अम्बा गर्भवती महिलालाई निकै फाइदाजनक मानिन्छ। यसको पातको सेबनले पनि झाडापखाला निको पार्न सकिन्छ। अम्बाको पातमाऔषधीय गुण हुन्छ। झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ।