कोरोना भाइरसः कसरी थाहा पाउने सङ्क्रमण भएको ?
नयाँ कोरोना भाइरस विरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भैरहेको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ?
यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ?
महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ।
फोक्सोमा आक्रमण
ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो। अन्य लक्षण यस्ता थिएः
८२ जनालाई ज्वरो आएको थियो
८१ जनालाई रुघाखोकी लागेको थियो
३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो
११ जनालाई मांसपेशी दुस्ख्ने समस्या थियो
९ जनामा मिश्रित समस्या देखिएको थियो
८ जनालाई टाउको दुस्खेको थियो
५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो
प्रारम्भिक मृत्यु ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे।तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ। तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो। उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन।
भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे। अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो। अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो।
उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो। गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो।
कम्तीमा १० प्रतिशतको मृत्यु
ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये
५७ जना अझै अस्पतालमा छन
३१ जना घर फर्केका छन
११ जनाको मृत्यु भएको छ
त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन। अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएकाका पनि हुन सक्छन्।
बजारसँग सम्बन्ध
यो नयाँ भाइरसलाई २०१९(न्कोव नामकरण गरिएको छ। ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ।
सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो। दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे।ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए। उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए।
यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १र२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ। यसले दिने सन्देश यस्ता हुन सक्छन्स् पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन्। त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन्।
पुराना बिरामी ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए। त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण भएको हुन सक्छ। ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए। उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए १२ जनामा मधुमेह थियो। -बिबीसी