सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाइल्याण्डका चिकित्सकको दाबीः कोरोना भाइरस विरुद्धको औषधि पत्ता लाग्यो

२०७६ माघ २०, ०२:४९ खबर संवाददाता

थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरेका छन्।  

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएकोे छ।

राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्न्विचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको दाबी गरेका छन्।

उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो। डाक्टरका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो। पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो।

अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पताल स्रोतले बताएको समाचार संस्था सिएनएनले जनाएको छ। –ऐजेन्सी
 

कमेन्ट लोड गर्नुस