सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतिय प्रहरीद्धारा ड्रग्ससहित दुई नेपाली पक्राउ

२०७६ माघ २०, ०९:२४ खबर संवाददाता

प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। भारत(नेपाल सीमा देवीगञ्जबाट यी दुई नेपाली नागरिकलाई देवीगञ्ज प्रहरीले आइतवार पक्राउ गरेको हो। देवीगञ्जका प्रहरी अधिकारी अशोक अधिकारीका अनुसार ड्रग्ससहित पोष्टबहादुर भुजेल र अर्जुन कालिकोटेलाई पक्राउ गरिको हो।

यी प्रहरी अधिकारीका अनुसार पक्राउ परेका दुवै नेपाल प्रदेश १ निवासी हुन्। उनीहरूको झोलाबाट ठुलो परिणाममा प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) बरामद भएको प्रहरीको भनाई छ। देवीगञ्ज प्रहरी चौकीले थप अनुसन्धान र केरकारका लागि दुवै जनालाई खोरीबारी प्रहरी चौकीमा सुम्पेको छ।
 

कमेन्ट लोड गर्नुस