कैदीहरूलाई नांगै बनाएर कुखुराले ठुंग्न लगाएपछि.. (भिडियो हेर्नुस)
एक कारागारमा गार्डहरूले कैदीहरूलाई नांगो बनाएर यातना दिएको र कुखुराले ठुंग्न लगाएको भिडियो केहि समय अगाडी सार्वजनिक भएको थियो। उक्त कारागार भेनेजुएलाको हो। भिडियो कारगार अधिकारीले खिचेका हुन् ।
कम्तीमा ८२ जना कैदीहरूलाई नांगै घोप्टो परेर टाउकोपछाडि हात राख्न लगाइएको थियो। घटना गत शुक्रवार आनाकोस्थित पुलिस कोअर्डिनेसन सेन्टरमा भएको थियो।
कैदीहरूलाई दुई घन्टाभन्दा बढी समय कुटपिट गरिएको अनि २४ घन्टासम्म खान नदिइएको बताइएको छ। गार्डहरूले कैदी बसेको कारागारकक्षमा इन्धन खन्याएर उनीहरूलाई बाहिर आउन बाध्य बनाएका थिए।
त्यसपपछि उनीहरूलाई पाइपबाट पानी छर्केर उनीहरूमाथि कुखुरा छोडिएको थियो। कुखुराहरूले बन्दीहरूलाई टोक्ने र कोतर्ने काम गरे।
कारागारमा पर्याप्त खाना र पानी नदिइएको भनी कैदीहरूले केही दिनअघि हडताल गरेको उनीहरूको परिवारका सदस्यले बताए।
कैदीहरूले आफूलाई भेट्न आउनेहरूले औषधि लिएर आउन पाउनुपर्ने माग समेत राखेका थिए।
४५ मिनटको डरलाग्दो भिडियो मोबाइल फोनमा रेकर्ड गरिएको थियो। त्यसलाई पछि रिपोर्टर अलेक्जान्द्रा बेलान्डियाले अन्लाइन पोस्ट गरेकी थिइन्।
भेनेजुएलाको कन्स्टिचुएन्ट नेसनल एसेम्बलीका महान्यायाधिवक्ता तारेक विलियम साबले घटनाको अनुसन्धानको घोषणा गरेका छन्।