सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रेन आएर स्कूटरलाई ठोकेपनि यसरी बाँचे चालक (भिडियो)

२०७६ माघ २१, ०५:२४

एकजना स्कूटर चालकले ट्रेनको लीग पार गर्दैगर्दा तीव्र गतिमा मालवाहक ट्रेन आइपुगेको छ।  तर स्कूटर चालकलाई केही पनि भएन। 

घटना चीनको मानशान शहरमा भएको हो। घटनाको फूटेजमा हेल्मेट लगाएका स्कूटर चालक मालवाहक ट्रेन गर्जिंदै आएको थाहा नपाई स्कूटर चलाइरहेको देखिन्छ। 

उनले  नानजिङ–वुहु रेलवे सेक्सनमा ट्य्राक पार गर्न खोजेका थिए।  उनलाई ट्रेनले हिर्काएको र उनी आफ्नो क्षतिग्रस्त वाहनका साथ हुत्तिएको देखिन्छ। 

स्कूटर चालकलाई पछि गएर ट्रेनका कर्मचारीले फेला पारेर स्थानीय अस्पताल पुर्‍याए।  उनलाई कति चोटपटक लागेको हो भन्ने थाहा हुन सकेको छैन। 

घटनाका कारण ट्रेनमा कुनै क्षति नपुगेको बताइएको छ। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस