कमिलाको दुध दिने ‘गाई’
बोटबिरुवाहरुमा एफिड्स (Aphids) नाम गरेको एकथरि कीरा पाइन्छ। यो कीरालाई विरुवाको जुम्रा पनि भन्ने गरिन्छ। किनभने, यो कीराले बोटबिरुवामा पौष्टिक पदार्थहरु र्पुयाउने रस खाने गर्छ। त्यस्तो रस खाएर यसले आफ्नो शरीरको लागि आवश्यक पोषण लिने गर्छ। बढी भएको रस चाहिँ यसले चिनीको रुपमा शरीरबाट बाहिर फ्याँक्छ। त्यसरी फ्यालिएको रस महजस्तै गुलियो हुन्छ। त्यसैले त्यसलाई अंग्रजी भाषामा जयलभथमभध पनि भन्ने गरिन्छ।
कुनै पनि बिरुवामा यस्ता कीराहरु रहेको कुरा एउटा कमिलाले मात्रै थाहा पायो भने पनि त्यसले आफ्नो पूरै समूहलाई खबर गरिहाल्छ। फलतः त्यो कीरा भएको विरुवामा कमिलाको पूरै बस्ती नै ओइरिन्छ। त्यसरी ओइरिएका कमिलाले त्यो एफिड्स कीराको पेटलाई आफ्नो एन्टेनाले विस्तारै उचाल्छ। त्यसरी उचाल्दा त्यो कीराले गुलियो रसलाई निकाल्छ अनि कमिलाले तुरुन्तै त्यसलाई चाटे्र सफाचट पारिदिन्छ । यो क्रम धेरैबेरसमम जारी रहन्छ।
जीव–जगत्मा आपसी निर्भरताको राम्रो उदाहरण कमिला र यो एफिडस् कीराबीचको सम्बन्धबाट देख्न सकिन्छ। किनभने, कमिलाले त्यो कीराले पैदा गर्नेे गुलियो रसमात्र खान्छ, तर कीरालाई भने रत्तिभर पनि हानी र्पुयाउँदैन। बरु त्यो कीरालाई यसले शत्रुहरुबाट रक्षा गर्छ। त्यसैले यस एफिड्स कीरालाई कमिलाको दूध दिने गाई (बलतक mष्पिष्लन अयधक) पनि भन्ने गरिन्छ।
त्यसो त कमिलाले त्यस्तो गुलियो पदार्थ उत्पादन गर्ने एकथरिका कीरालाई आफ्नै गुँडमा पनि पालेको हुन्छ असल किसानहरुले जसरी बडो जतन र स्याहार सुसारका साथ पशुहरु पाल्ने गर्छन्, त्यसरी नै कमिलाले पनि त्यस्ता कीरालाई पालेको हुन्छ। यसरी कमिलाले गुलियो पदार्थको लागि पाल्ने कीराहरुमा अबिखष्नभचष्मबभ समूहका बिटल (दभभतभिक) कीरा विशेष उल्लेखनीय छ।
यो कीराको शरीरका विभिन्न अंगहरुबाट गुलियो पदार्थ निस्कन्छ, जुन पदार्थलाई कमिलाले बडो स्वाद मानेर चाट्ने गर्छ। माथि पनि भनियो, कमिलाले कीरालाई अलिकति पनि नोक्सानी पुर्याउँदैन। बरु उल्टो कमिलाले यो कीराका बच्चाहरु स्याहार्ने र हुर्काउने, तिनलाई खानेकुराहरु खुवाउने काम गर्छ। कतिसम्म भने, कुनै पनि आपत आइलाग्यो भने, कमिलाले आफ्ना अण्डा वा लार्भाहरुभन्दा पनि पहिले यो कीरा र त्यसका बच्चाहरुलाई सुरक्षित ठाउँमा लुकाउँछ।
यसरी कमिलाले पाल्ने बिटल कीराले राम्ररी आँखा देख्न सक्दैन र यसको मुख पनि राम्ररी विकसित भएको हुँदैन। यो बाँच्नको लागि पूर्ण रुपमा कमिलामाथि नै निर्भर रहेको हुन्छ। कतिसम्म भने, यदि कमिलाले मद्दत नगर्ने हो भने, यो किराले आफै खानेकुरासमेत खान सक्दैन।