प्रेममा धोका दिएको भन्दै प्रेमीको पोस्टर टासेपछि ...
फेसबुकमा माया बस्यो, तर अन्ततः मिल्यो धोका। यो आरोप आमनागरिकले नभइ एक टेलिभिजन नायिकाले लगाएकी हुन्। भारतकी एक टेलिभिजन नायिकाले बिहारका युवक राहुलमाथि यस्तो आरोप लगाइन्। युवक जियो कम्पपनीमा काम गर्छन्। नायिका हुन् उत्तर प्रदेशकी। जो मुम्बईमा बस्दै आएकी छन्।
ती महिलाको आरोप छ कि युवकले फेसकुकमा साथी बनाए अनि विवाहको सपना देखाएर पाँच वर्षसम्म यौन शोषण गरे। पीडितको उजुरी कटिहार प्रहरीले दर्ता गराएको छ। मायामा धोका पाएकी ती महिलाले तारापुर बजारमा युवकका पोस्टर बनाएर समेत टासिन्।
तस्वीरमा लेखिएको छ, ‘राम्रोसँग हेर, यी व्यक्तिलाई। मान्छेको नाममा लुकेको छ रहस्य।’ त्यतिमात्र होइन उनी धर्ना समेत बसिन्। त्यसपछि राहुल र उनका परिवार आएर भने, ‘यूपीको सबै सम्पत्ति दिएपछि, राहुल तिम्रो हुन्छन।’ती महिला पनि विवाहित हुन्। उनका दुई सन्तान छन। (एजेन्सी)