मानिसको मृत्यु हुनु अघि देखिन्छन यस्ता लक्षण!
सृष्टिको नियम नै छ– पृथ्वीमा जन्म लिएपछि मृत्यु अवश्यम्भावी छ। शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ। धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ। पुराणमा मानिसको मृत्यु हुनुअघि देखिने ९ लक्षणबारे चर्चा गरिएको पाइन्छ।
यस्ता छन् ९ वटा लक्षण:-
१. जुन कुनै व्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छाँया हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नुपर्छ।
२. मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ। नजिक बसेका व्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ।
३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन्। फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडि आउँछन्।
४. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ। यस्ता व्यक्ति मृत्युको समयमा निश्चिन्त देखिन्छन्।
५. गरुड पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने व्यक्तिको नजिक देखिन्छन्। मृत्यु हुन लागेका व्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ।
६. पाप कर्म धेरै गरेका व्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन्। यस्ता व्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ।
७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ। बोल्न खोजे पनि बोली आउँदैन। कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ।
८. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात् कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ। अभौतिक शरीरलाई आफूले गरेका खराब कर्मको प्रायश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ।
९. उक्त पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा र्पुयाउँछन्। यमराजले कर्मअनुसार नर्कमा सजायँ सुनाउँछन्।