सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीको धाराबाट मदिरा बगेपछि...

। फोटो स्रोत ।
२०७६ माघ २४, ०६:०३ खबर संवाददाता

भारतको केरेलामा एक अपार्टमेन्टको धाराबाट पानीको स्थानमा मदिरा बग्न थालेपछि मानिसहरु अचम्ममा परे। गत सोमबार अपार्टमेन्टका सबै धारामा बियर, ह्वीस्की, रम तथा ब्य्रान्डीको गन्धसहित मदिरा धाराबाट बगेको बीबीसीले जनाएको छ।

थ्रिसुर जिल्लाका मानिसहरुले अत्तालिँदै प्रहरीलाई खबर गरेका थिए। पछि पत्ता लाग्यो उक्त अपार्टमेन्ट नजिकै ६ हजार लिटरभन्दा बढी मदिरा नष्ट गरिएको रहेछ। खाल्डो खनेर सबै मदिरा जमीनमा बगाइएको थियो। मदिरा जमिनको पानीसँग मिसिन पुग्दा पानीको धारामा मदिरा बगेको थियो। अवैध रुपमा तस्कर गरिएका मदिरालाई अदालतले नष्ट गर्न आदेश दिएपछि सो क्षेत्रमा मदिरा पोखाइएको थियो।

स्थानीय अधिकारीहरुले त्यहाँका स्थानीयसँग यस घटनाप्रति माफी मागेका छन्। उक्त स्थानबाट सफा पानी बग्न एक महिनासम्म लाग्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस