घरमा आगो लगाएर यसरि भागे दुई कुकुर (हेर्नुहोस् भिडियो)
हामी मध्ये धेरैले घरमा कुकुर पालेका हुन्छौँ। घरमा कुकुर हुँदा एक प्रकारको छुट्टै वातावरण हुने गर्दछ। कुकुरलाई मानिसको सबैभन्दा वफादार जनावरको रुपमा लिइन्छ। साथै, कुकुरले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरुको लागि अनुसन्धानको विषय बनेको छ। एउटा स्वस्थ कुकुर घरमा हुँदा यसले मुटु रोग लाग्ने जोखिम कम हुने र मानिसमा सकारात्मक सोच उजागर हुने अध्ययनको दाबी छ।
यसैगरी, कुकुरको अनेकौं चकचके बानी हुँदा हुँदै पनि यसलाई मानिसले एकदम धेरै माया गरेर घरमा पालेका हुन्छन्। कुकुरलाई मानिस जाने सबै ठाउँमा लान नसकिने हुनाले यसलाई प्रायः घरमा एक्लै छोडेर आफ्नो काममा जाने गरिन्छ। त्यसैगरी, घर फर्केर आउँदा घरमा कुकुरले अनेकौं उपद्रो गरिसकेको हुन्छ।
यस्तै उपद्रो गरेर दुई कुकुर फरार भएका छन्। मेक्सिकोमा मालिकले घरमा छोडेर गएको बेला दुई कुकुरले घरको पछाडी भागमा आगो लगाइदिएका छन्। न्यु मेक्सिकोको लस अलामोस् काउन्टी फायर डिपार्टमेन्टले सार्वजनीक गरेको एक भिडियोमा ती कुकुरले घरमा एक्लै भएको बेला घरको पछाडीपट्टीको भागमा आगो लगाइदिएको देख्न सकिन्छ।
भिडियोमा एक कुकुर जुरुक्क उठेर केहि समानमाथि उफ्रिएको र उफ्रिनेक्रममा त्यहाँ केहि समान खसेको देख्न सकिन्छ। सामान खसेको केहि बेरपछि घरमा आगो सल्किन्छ। आगो सल्केपछि ति दुवै कुकुर त्यस ठाउँबाट भागेको भिडियोमा देख्न सकिन्छ। कुकुर उफ्रिने क्रममा कुकुरले केहि इलेक्ट्रिक समानलाई सट गराएको र आगो सल्कन शुरु भएको हुन सक्ने अनुमान गरिएको छ।