सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी व्यक्ति जसलाई सर्पको विषले केहि असर गर्दैन !

२०७६ माघ २५, ०५:५९ खबर संवाददाता

संसारमा बिभिन्न खालका अनौठा घटनाहरु हुने गर्दछन्। त्यस्तै एउटा घटना अमेरिकामा पनि भएको छ। अमेरिकाका टिम फ्रिडले जति पनि विषालु सर्प भेट्छन् तिनलाई आफ्नो शरीरका बिभिन्न भागमा टोकाउँने गर्छन्। उनी ब्ल्याक माम्बादेखि किङ कोब्राजस्ता अधिक विसालु सर्पलाई उनले डसाइसकेका छन्। तर पनि उनी जिवितै छन्। अर्थात् कुनै सर्पले टोक्दा पनि उनको शरीरमा विषको केहि प्रभाव पर्दैन।

पछिल्लो २० वर्षमा उनले २ सय वटा सर्पलाई आफ्नो शरीर डसाएका छन्। त्यही क्रममा उनले आफैँले ७ सय पटक एण्टी स्नेक भेनम पनि लगाएका छन्। कति सर्पले डस्दा विष नछोड्ने गरेको र कतिको विष नै नलाग्ने उनले अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामसँगको कुराकानीमा बताएका छन्। उनले आफ्नो घरमा पनि धेरै विषालु सर्प पालेका छन्।
लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डा.स्टुवर्ट एन्सर्वले यस्तो कार्य गर्नु खतरा र अनैतिक भएको बताएका छन्।

यस्ता व्यक्तिसँग आफू काम गर्न नसक्ने उनको भनाई छ। टिम फ्रिडेले सर्पले डसाउँदै भिडियो बनाएर युट्युबमा हाल्ने पनि गरेका छन्। उनले अन्य व्यक्ति भन्दा आफ्नो शरीरमा दुई गुणा धेरै विष सहने शक्ति भएको ल्यावरोटरी परीक्षणबाट प्रमाणित भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामलाई बताएका हुन्। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस