सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानले यसरीे किच्यो ट्रकमा रहेका इन्जिनीयरलाई (भिडियोसहित)

२०७६ माघ २५, ०२:५०

विमानले विमानस्थलका एक इन्जिनीयरलाई किचेर मारेको छ। थाइल्यान्डको राजधानी बैंककमा रहेको डोन म्वेआङ अन्तराष्ट्रिय विमानस्थलमा बोइङ ७३७ विमानले विमानस्थलका एक इन्जिनीयरलाई शुक्रवार बिहान किचेर मारेको हो। 

नोक एयर यात्रु लिनका लागि विमानस्थलको एक गेटमा जाँदै गर्दा बिहान ८ बजे ट्रकसँग विमान जोड्ने बार अचानक भाँचिएको थियो। त्यसो भएपछि ट्रक रोकिएको थियो तर त्यसको गतिले जेटलाई अगाडि बढाएको थियो। पछि विमान देब्रेतिर फर्किएर र सानो वाहन टो ट्रकमा ठोकिन पुगेको थियो। 

वाहनमा रहेका थानिसोर्न ओन्चा–आमलाई अस्पताल कुदाइएको थियो तर दुर्घटनामा निकै चोटपटक लागेपछि उनको मृत्यु भएको छ ।  टो ट्य्राक्टरमा रहेका अर्का मेकानिक दुर्घटनामा घाइते भएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस