सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन पत्नीसँग बहस गर्नु बेकार हो ? यसो भन्छ अध्ययन

२०७६ माघ २५, ०६:४४ खबर संवाददाता

झूटो बोलेर त्यसलाई प्रतिरक्षा गर्नका लागि पत्नीसँग बहस गर्नु बेकार भएको एक नयाँ अध्ययनले देखाएको छ। 

महिलाले कुनै विशेष घटना वा वस्तुलाई पुरुषले भन्दा राम्रोसँग सम्झन सक्ने अध्ययनको दाबी छ। कुनै संवादका विशेष कुरा वा हराएको कुनै सामान कहाँ हुनसक्छ भन्ने कुरा महिलाले बढी राम्ररी सम्झिन सक्छन् किनकि उनीहरूको एपिसोडिक मेमोरी हुन्छ। 

एपिसोडिक मेमोरी भन्नाले गत साता के भएको थियो वा बिरालोलाई बिहान दूध दिएको हो कि हैन भनी सम्झन सक्ने शक्ति हो। यो अत्यन्तै संवेदनशील स्मरण प्रणाली हो र निद्राको अभाव, अवसाद वा उमेर बढ्दै जाँदा यसमा असर पर्न सक्छ। महिलाले पुरुषभन्दा बढी अनुहार सम्झने गन्ध लगायत इन्द्रियजन्य स्मरण गर्न सक्ने क्षमता राख्छन, अध्ययनको निष्कर्ष छ। 

स्विडेनको कारोलिन्स्का इन्स्टिट्युटेटका मार्टिन एस्परहोमले अध्ययनको नेतृत्व गरेका हुन्। उनले भने, ‘एपिसोडिक मेमोरीका सन्दर्भमा महिला पुरुषभन्दा केही अघि छन् र के वस्तु सम्झनुपर्ने हो भन्ने विषयमा उक्त फाइदा निर्भर रहन्छ।’

अनुसन्धान समूहले सन् १९७३ देखि २०१३ सम्म गरिएका ६१७ समूहमा गरिएको अध्ययनबाट निष्कर्ष निकालेका हुन्। उक्त अवधिमा १२ लाखभन्दा बढी मानिसमाथि अध्ययन गरिएको थियो। 

पुरुष र महिलाबीच ज्ञान तथा स्मरणका विषयमा भिन्नता सानो रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। तर आफूहरूको बृहद् अध्ययनले स्मरण र लिंगका सम्बन्धमा नयाँ प्रश्न जन्माउने आशा उनीहरूले गरेका छन्। –एजेन्सी

कमेन्ट लोड गर्नुस