२०७७ सालमा विहेका लगन १८ मात्रै, कारण यस्तो
नेपालमा नेपाल पञ्चांग निर्णय समितिले निर्णय गरेपछि पञ्चांगकारहरुले आफ्नो पञ्चांगमा विवाहको साइत राख्ने गर्दछन्। तर २०७७ सालमा माघ र फागुन महिनामा विवाहको साइत छैन। वर्षभरिमा विवाह मुहुर्त जम्मा १८ दिन मात्रै छ।
बैशाखमा विवाह मुहुर्त ७ दिन छ, जेठमा ४ दिन छ, असारमा ३ दिन र मंसिरमा ४ दिन छ। माघ र फागुनमा वृहस्पति अस्त र शुक्र अस्त हुनाले विवाह, ब्रतबन्ध जस्ता शुभकार्यको लागि कुनै पनि साइत निर्धारण गरिएको छैन। २०७७ सालमा बैशाख, जेठ, असार र मंसीरमा मात्रै विवाहका साइतहरु छन्।
शुभकार्यका लागि शुभ ग्रहहरुमध्ये वृहस्पति र शुक्र अस्त भएको समय राम्रो मानिँदैन । यस्तो समयमा शुभकार्य बर्जित गरिएको छ।
२०७७ सालमा माघ ४ देखि फागुन २ गतेसम्म वृहस्पति अस्त र माघ ३० गतेदेखि चैतको अन्त्यसम्म नै शुक्र अस्त हुनाले माघ र फागुनमा विवाहको कुनै पनि साइत निर्धारण गरिएको छैन।