सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैज्ञानिकले बनाए बच्चाझैँ हेर्ने रोबोट

। फोटो स्रोत ।
२०७६ फाल्गुन १५, ११:३४ खबर संवाददाता

आजको समयमा वैज्ञानिक विज्ञानको नयाँनयाँ उचाइँलाई छुँदैछन्। उनीहरु नयाँ प्रयोग गरिरहेका छन्। जो मानवका लागि अहम हो। यही क्रममा जापानमा वैज्ञानिकहरुले अनौँठो रोबोट बनाएका छन्। जसमा मानव गुण पनि छ। उसको अनुहार एक बच्चाको जस्तो देखिन्छ। त्यति मात्र होइन मान्छेझैँ दुखाइ पनि महसुस गर्छ। 

ओसाका यूनिभर्सिटीका वैज्ञानिक एक टीमले यो अनौँठो रोबोटको भिडियो सार्वजनिक गरेका हुन्। यो रोबोटलाई ‘एफेट्टो’ नाम दिइएको छ। इटालियनमा यसको अर्थ हुन्छ स्नेह अर्थात् माया। वैज्ञानिहरुको दाबी छ अब ती दिन टाढा छैनन् मान्छे रोबोटसँग रहनेछन्।

यो अनौँठो रोबोटलाई सन् २०११ मा पहिलो पटक सार्वजनिक गरिउको थियो। त्यसपछि  सन् २०१८ मा केही परिवर्तन गरियो। रोबोटमा इलेक्ट्रिकल चार्जको मद्दतबाट सिन्थेटिक स्किन लगाइएको छ। जसकारण दुरुस्त मान्छेजस्तो देखिन्छ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस