तन्नेरी देखिन भन्दैै आफ्नै पिसाब पिउँछन् यी व्यक्ति
सन्तान थरीथरीका भन्ने भनाइ नै छ। यो दुनियाँमा अनेकखालका मान्छे हुन्छन्। मान्छेले गर्ने हरेक खालका कामहरूका पछाडि आफ्ना आफ्ना तर्क दिन्छन्। बेलायतमा एकजना यस्ता व्यक्ति छन् जसले दुनियाँमा सायदै अरू मानिसले खाने चिज खाइरहेका छन्। ३२ वर्षका ती पुरुषले आफ्नो मूत्र पिउने गर्दछन्। पिसाब पिउनाले लामो समयसम्म जवान भइने तर्क उनको छ। पछिल्लो ४ वर्षदेखि उनले हरेक बिहान आफ्नो अघिल्लो दिन संकलन गरेको बासी पिसाब पिउने गरेका छन्।
इंगल्याण्डको ह्याम्पसायरमा बस्ने ह्यारी मतादिन नामका ती युवकका अनुसार दिनहुँ पिसाब पिउनाले उनलाई डिप्रेसनबाट छुटकारा मिलेको छ। आफूले हरेक दिन २ सय मिलिलिटर बासी पिसाब पिउने गरेको उनी बताउँछन्। त्यसरी पिउने पिसाब एक हप्तादेखि एक महिनासम्म पुरानो हुने गरेको छ। बासी पिसाबमा एन्टी एजिङ अर्थात् बुढोपना रोक्ने तत्व पाइन्छ। त्यसकारण उनले पछिल्लो ४ वर्षदेखि आफ्नो पिसाब पिउँदै आएका छन्।
ह्यारी पहिले डिप्रेसनको रोगी थिए। आफ्नो खराब स्वास्थ्यकै कारण उनले पिसाब पिउने निर्णय गरेका थिए। उनले मार्था क्रिस्टीको किताब ‘योर अउन परफेक्ट मेडिसिन’ पढेका थिए। त्यसबाटै उनलाई युरिन थेरापीको बारेमा थाहा भयो । युरिन थेरापीको बारेमा राम्रोसँग बुझ्नका लागि त्यसपछि उनी विभिन्न फेसबुक ग्रुपहरूमा आबद्ध भए र थप कुरा बुझे पनि। विज्ञहरूसँग समेत कुरा गरेर उनले युरिन थेरापीको फाइदाका बारेमा जानकारी लिए। अनि आफ्नै पिसाब पिउने उपचार पद्धति सुरु गरे। सुरु सुरुमा पिसाबको गन्ध नराम्रो लाग्ने र पिउन कठीन हुने भए पनि अहिले बानी परिसकेको उनी बताउँछन्। एजेन्सी