सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विवाह

२०७६ फाल्गुन १६, १०:५६ खबर संवाददाता

हिन्दू धर्मको सोह्र संस्कारमध्ये एक विवाह पनि हो। विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध बलियो बनाउँछ।  हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ। आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ। 

अनेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन्। नातेदारहरूमा जीन सेपरेसन अर्थात् विभाजन हुन पाउँदैन। एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ। 

यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन। बच्चामा रचनात्मकता हुँदैन। उनीहरूको मानसिक विकास पनि हुँदैन। मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्छन्। 
 

कमेन्ट लोड गर्नुस